+
+

लुम्बिनीको सभामुखमा तुलाराम घर्ती निर्विरोध, उपसभामुखको लागि चुनाव हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ३ गते ८:३१

‍३ माघ, दाङ । लुम्बिनी प्रदेश सभाको दोस्रो कार्याकालको तेस्रो बैठक आज बस्दैछ ।

मङलबार दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकले उपसभामुख चयन गर्नेछ । सभामुखमा भने नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती निर्विरोध निर्वाचित भएका छन् ।

सोमबार नेकपा माओवादी केन्द्रका तुलाराम घर्तीको एकल मनोयन दर्ता भएकोले उनी सभामुखमा निर्विरोध निर्वाचित हुने भएका हुन् ।

उपसभामुखका लागि भने तीन जनाको मनोनयन दर्ता भएको प्रदेस सभा सचिव दुर्लभ पुनले बताए । उपसभामुखमा नेपाली कांग्रेस, राप्रपा र नागरिक उन्मुक्ति पार्टीले पनि मनोनयन दर्ता गराएका छन् ।

नेपाली कांग्रेसबाट नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ (१) बाट निर्वाचित विश्वप्रेम पाठक, राप्रपाकी मेनुका खाँण केसी र नागरिक उन्मुक्ति पार्टीकी निर्मलादेवी चौधरीको मनोनयन दर्ता भएको प्रदेश सभा सचिव पुनले जानकारी दिए ।

उपसभामुखमा नेपाली कांग्रेसका विश्वप्रेम पाठकको  प्रस्तावकमा कांग्रेसका नेता तथा प्रदेशसभा सदस्य वसीउद्दीन खाँ र प्रदेश सभा सदस्य राजु खनाल समर्थक छन् ।

त्यस्तै उपसभामुखमा सत्तारुढ दलको तर्फबाट राप्रपाकी मेनुका केसी खाँडको प्रस्तावकमा माओवादी नेता तथा प्रदेशसभा सदस्य इन्द्रजीत थारू र समर्थकमा जनमत पार्टी संसदीय दलका नेता चन्द्रशेक गुप्ता रहेका छन् ।

त्यस्तै उपसभामुखमा नागरिक उन्मुक्ति पार्टीकी निर्मलादेवी थारुको मनोयन दर्ता भएको छ । उनको प्रस्तावकमा सचेतक नरमायाँ ढकाल र समर्थकमा संसदीय दलका नेता धर्मबहादुर चौधरी बसेका छन् ।

नेपालको संविधानको धारा १८२ को उपधारा(१) र लुम्बिन प्रदेशसभा नियमावली २०७९ को नियम ७ बमोजिम प्रदेश सभाको सभामुख र उपसभामुख चयन हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?