+
+

राप्रपाबाट ध्रुवबहादुर मन्त्री बन्ने पक्का, अर्को पाण्डे कि राणा ?

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ३ गते ९:१५

३ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ध्रुवबहादुर प्रधान मन्त्री बन्ने पक्का भएको छ ।

राप्रपाले तीन मन्त्री र एक राज्यमन्त्री पाएको छ । नेताहरुका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देन आफैं उपप्रधान तथा ऊर्जामन्त्री हुनेछन् । अरु मन्त्री छनोटको अधिकार पनि लिङ्देनलाई नै दिइएको एक पदाधिकारीले जानकारी दिए ।

उपाध्यक्ष ध्रुवबहादुर प्रधान मन्त्री बन्ने भएका छन् । प्रधानले पनि त्यसको पुष्टि गरे । उनलाई सहरी विकास मन्त्रालय भनिएको छ ।

सत्ता गठबन्धनको भागबण्डामा यो मन्त्रालय जनता समाजवादी पार्टी (जसपा)लाई छुट्याइएको थियो । तर जसपा अध्यक्ष उपेन्द्र यादवले उपराष्ट्रपति नपाए सरकारमा नजाने अडान लिएपछि शहरी विकास राप्रपातिर जाने सम्भावना बढेको छ ।

स्रोतका अनुसार दिपक सिंह राज्यमन्त्री बनाउने तयारी छ । अर्का मन्त्रीमा उपाध्यक्ष विक्रम पाण्डे र महामन्त्री धवलशम्शेर राणामध्ये एकलाई पठाउने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?