+
+

मधेसका मुख्यमन्त्रीले कांग्रेससँग मागे विश्वासको मत

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ३ गते १२:३१

३ माघ, जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली कांग्रेससँग विश्वासको मत मागेका छन् ।

मुख्यमन्त्री यादवले कांग्रेसका प्रदेश अध्यक्ष एवम् संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई भेटेर विश्वासको मत दिन आग्रह गरेका हुन् ।

प्रदेशसभा बैठकमा आज मंगलबार मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै छन् ।

गत पुस २७ गते ६३ सांसदको समर्थनमा उनी मुख्यमन्त्री नियुक्त भएका थिए । लोसपाले पनि पछि समर्थन गरेपछि उनलाई समर्थन सांसदको संख्या ७२ पुगेको छ ।

उनलाई एमालेको २३, जसपाको १६, जनमत १३, लोसपाको ९, माओवादी ७, दुई स्वतन्त्र सांसदको समर्थन छ । १०७ प्रदेशसभा सदस्य रहेको प्रदेशसभामा सरकार बनाउन ५४ सांसदको आवश्यकता पर्छ ।

नेपाल संघीय समाजवादी पार्टी र राप्रपाका पनि १-१ सांसदको समर्थन यादवलाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?