३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई मन्त्रालय आफूसँगै राखेका छन् ।
मंगलबार भएको मन्त्रिपरिषद् विस्तारबाट मन्त्री र राज्यमन्त्री गरि २३ जनाले मन्त्रालय सम्हालेका छन् ।
प्रधानमन्त्री प्रचण्डले वन तथा वातावरण, युवा तथा खेलकुद मन्त्रालय आफूसँगै राखेका हुन् ।
नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी सरकारमा सहभागी भएका छन् ।
सत्ता साझेदार दलहरु वीच सहमति जुट्न नसक्दा जनता समाजवादी भने सरकारमा सहभागी भएन ।
नवनियुक्त मन्त्रीहरुले आज पद तथा गोपनीयताको सपथ लिएका छन् ।
हेर्नुहोस् राष्ट्रपति कार्यालयको विज्ञप्ति :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4