+
+

नाउपाले सुदूरपश्चिममा उपसभामुख नलिने, एमालेकी कोइलीदेवी चौधरी उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ३ गते १४:३९

३ माघ, धनगढी । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशमा उपसभामुख नलिने भएको छ ।

सत्तारूढ गठबन्धनले उन्मुक्ति पार्टीलाई उपसभामुख प्रस्ताव गरे पनि रेशम चौधरीको रिहाइ लगायतका मुद्दा सम्बोधन नभएसम्म कुनै लाभको पद नलिने जनाएको छ ।

उन्मुक्तिले उपसभामुख नलिएपछि सत्तारूढ गठबन्धनभित्र एमालेलाई दिने समझदारी बनेको छ ।

सोहीअनुसार एमालेले समानुपातिक प्रदेशसभा सदस्य कोइलीदेवी चौधरीलाई उपसभामुखकोउम्मेदवार बनाउने भएको हो ।  उनी एमाले कैलाली जिल्ला सचिवालय सदस्य हुन् ।

प्रदेशसभाका एक सांसदका अनुसार चौधरीलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय भएको हो ।

प्रदेशसभा सचिवालयकाअनुसार नवनियुक्त सभामुख भीमबहादुर भण्डारीले मंगलबार उपसभामुखकाको निर्वाचन गर्ने तयारी अघि बढाएका छन् । उपसभामुख नलिएको उन्मुक्ति पार्टीले एमालेकै उम्मेदवारलाई समर्थन गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?