+
+

मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने निर्णयमा कांग्रेसका छ सांसदको असहमति

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ३ गते १५:२१

३ माघ, हेटौंडा । नेकपा माओवादी केन्द्रबाट बागमती प्रदेशको मुख्यमन्त्री बनेका शालिकराम जमकट्टेललाई विश्वासको मत दिने पार्टी निर्णयमा कांग्रेसका छ सांसदले असहमति राखेका छन् ।

प्रदेशको कार्यसम्पादन समितिले बहुमतको आधारमा विश्वासको मत दिने निर्णय गरेको थियो । उक्त निर्णय आफूहरुलाई अमान्य भएकाले संसदीय दलको बैठकमा फरक मत राखेको कांग्रेस सांसद श्रीराम लामिछानेले बताए ।

श्रीराम लामिछाने, छिरिङ दोर्जे लामा, सुरजचन्द्र लामिछाने, सुरेश श्रेष्ठ, शान्ता ढकाल र क्षेत्रबहादुर बम्जनले फरक मत राखेका हुन् ।

‘कांग्रेस जस्तो लोकतान्त्रिक पार्टी बैचारिक स्पष्टता र लोकतान्त्रिक मूल्य, मान्यता अनुरुप चल्नु पर्दछ भन्ने हाम्रो मान्यता हो ,’ लामिछानेले भने ।

नवनियुक्त मुख्यमन्त्री जमकट्टेलले प्रदेश सभामा आज विश्वासको मत लिँदैछन् । केन्द्रमा बनेको सत्ता साझेदार दलले बागमतीमा सरकार बनाएका छन् । एमाले र राप्रपा सरकारमा सहभागी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?