+
+

आईएमई पेले फेरि ल्यायो मोबाइल रिचार्जमा ५ प्रतिशत क्यासब्याक

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ३ गते १७:४८

काठमाडौं । आईएमई पेले मोबाइल रिचार्जमा ५ प्रतिशतसम्मको क्यासब्याक अफर पुनः सुरु गरेको छ । यसभन्दा अघि ल्याइएको उक्त अफर ग्राहकवर्गको उच्च मागमा ३० पुसदेखि पुनः सुरु गरिएको कम्पनीले जनाएको छ ।

प्रयोगकर्ताहरुले आईएमई पे एपबाट मोबाइल ब्यालेन्स रिचार्ज गर्दा ५ प्रतिशत क्यासब्याक र अन्य कुनै मोबाइल नम्बरमा मोबाइल ब्यालेन्स रिचार्ज गर्दा २ प्रतिशत क्यासब्याक पाउने कम्पनीले बताएको छ ।

हालसम्म ४० लाखभन्दा बढी प्रयोगकर्ताहरुलाई विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आइरहेको यो कम्पनीले सम्पूर्ण ग्राहक वर्गलाई यो सेवा समर्पित गरेको जनाएको छ ।

प्रयोगकर्ताहरुले १ महिनाको समय अन्तरालमा आफ्नो मोबाइल नम्बरमा ब्यालेन्स रिचार्ज गर्दा अधिकतम १०० रुपैयाँ क्यासब्याक र अन्य मोबाइल नम्बरमा ब्यालेन्स रिचार्ज गर्दा अधिकतम १०० रुपैयाँ क्यासब्याक प्राप्त गर्न सकिने कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?