+
+

ठोरीको विकट गाउँ शिकारीबासमा निःशुल्क वाईफाई

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ३ गते १८:०३

३ माघ, वीरगञ्ज पर्साको ठोरी गाउँपालिका–३ शिकारीबासमा निःशुल्क वाइफाई सेवा प्रदान गरिएको छ । शिकारीबासमा पिडीएस नामक कम्पनीको वाइफाइ जडान गरिएको हो ।

शिकारीबासमा यसअघि कुनैपनि सञ्चार सेवा पुग्न सकेको थिएन । एक कल फोन गर्न पनि अग्लो रुखमा चढेर टावर सर्च गर्नुपर्ने बाध्यता थियो ।

गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले शिकारीबासमा निःशुल्क वाईफाई सेवा शुरु गरिएको जानकारी दिए । ‘शिकारीबासका नागरिक सञ्चार सेवाबाट वञ्चित थिए’, उनले भने ‘सञ्चार सेवाको भरपुर उपयोग गर्न पाउन भन्ने उद्देश्यले वाईफाई जडान गरेका छौं ।’

टेलिफोनको राम्रो सुविधा नभएको ठाउँमा इन्टरनेट सेवा सुरु भएपछि देशविदेशमा रहेका आफन्तसँग कुराकानी गर्न सहज भएको स्थानीय सन्दीप बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?