+
+

सभामुखको उम्मेदवारीबारे कांग्रेस अझै अनिर्णित

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ४ गते ११:२७

४ माघ, काठमाडौं । सभामुखको उम्मेदवारीबारे नेपाली कांग्रेसले अझै निर्णय गर्न सकेको छैन ।

सभामुख पदमा उम्मेदवार दिने वा नदिने भन्ने विषयमा छलफल गर्न आज बिहानदेखि सुरु भएको पदाधिकारी बैठक विना निष्कर्ष सकिएको छ ।

सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको बैठकले अन्य दलहरूको निर्णय पर्खिएर सभामुखको उम्मेदवारीबारे टुंगो लगाउने निर्णय भएको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

सभामुखको मनोनयन दर्ताको समय आजै दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्का लागि तोकिएको छ ।

एमालेले भने झापा-२ बाट निर्वाचित सांसद देवराज घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

सभामुखका लागि मतदान बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा हुनेछ । बैठक बिहान ११ बजे बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?