+
+

सन् २०२७ सम्ममा ५० प्रतिशत आइफोन भारतमै बन्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ४ गते १७:०९

काठमाडौं । अमेरिकी कम्पनी एप्पलले आफ्ना प्रडक्टहरुको निर्माणका लागि चीनमाथिको निर्भरता घटाउने प्रयास गर्दै आएको छ । कोरोना महामारीले पनि एप्पललाई आफ्नो उत्पादन विभिन्न देशमा विविधिकरण गर्नु किन महत्वपूर्ण छ भन्ने पाठ सिकाएको छ ।

साथै चीनमा अवस्थित विश्वकै सबैभन्दा ठूलो आइफोन एसेम्बल गर्ने कारखानामा पछिल्लो समय कोरोना महामारीका कारण भएको अवरोधले एप्पल कम्पनीले अर्बौँ डलर गुमाउनु पर्‍यो । हालै एप्पलको दोश्रो ठूलो आइफोन उत्पादन केन्द्रको रुपमा भारत स्थापित भएको छ ।

गतवर्ष एप्पल कम्पनीले भारत र चीन दुबै देशमा एकसाथ आइफोन १४ एसेम्बल एकसाथ सुरु गर्ने घोषणा सहित महत्वपूर्ण कोशेढुंगा पार गर्ने योजना बनाएको थियो । तरपनि एप्पलको उक्त योजना सफल हुन पाएन ।

अन्ततः गत सेप्टेम्बरमा मात्रै एप्पलले भारतमा आइफोन १४ को उत्पादन सुरु गर्‍यो । यो वर्ष सन् २०२३ मा बजारमा आउने आइफोन १५ को उत्पादन चाहीँ एप्पलले भारत र चीनमा एकसाथ सुरु गर्ने अपेक्षा गरिएको छ ।

केही पहिलेको एक रिपोर्टमा सन् २०२५ सम्ममा एप्पल कम्पनीले कूल उत्पादित आइफोनमध्ये एक चौथाई आइफोन भारतमा उत्पादन गर्ने आँकलन गरिएको छ । तर हालै सार्वजनिक एक अर्को रिपोर्ट अनुसार भारतमा आइफोन उत्पादनका सम्बन्धमा एप्पलको योजना अझै आक्रामक छ । सन् २०२७ सम्ममा कम्पनीले उत्पादन गर्ने आइफोनमध्ये आधा हिस्सा भारतमै उत्पादन गर्ने उसको योजना छ ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार सन् २०२७ सम्ममा विश्वमा उत्पादन हुने हरेक २ वटामा एउटा आइफोन भारतमा उत्पादन हुनेछ ।

रिपोर्ट अनुसार एप्पलले आफ्ना प्रडक्टहरुको निर्माणलाई चीनबाट बाहिर लगिरहेको कुराको प्रभाव चीनका स्थानीय आपूर्तिकर्ताहरुले महसुस गर्न थालिसकेका छन् । एप्पलले आइफोन उत्पादनका लागि चीनमाथिको निर्भरता घटाइरहँदाको प्रत्यक्ष फाइदा भियतनामलाई पनि पुगिरहेको छ ।

ब्लुम्बर्गको एक रिपोर्ट अनुसार हाल एप्पलका कूल आपूर्तिकर्ता कारखानामध्ये केवल २.२७ प्रतिशत मात्रै भारतमा रहेका छन् । यो मामिलामा अमेरिका पहिलो स्थानमा रहँदा चीन दोश्रो, जापान तेश्रो, जर्मनी चौथो, बेलायत पाँचौँ, ताइवान छैटौँ, फ्रान्स सातौँ, र दक्षिण कोरिया आठौँ स्थानमा रहँदा भारत त्यस पछाडि रहेको छ ।

तर यो अवस्थामा तिव्र गतिमा परिवर्तन आइरहेको छ । सन् २०२२ को अप्रिलदेखि डिसेम्बर सम्मको अवधिमा भारतमा उत्पादन भएर बजारमा जाने आइफोनको संख्यामा सन् २०२१ को सोही अवधिको तुलनामा दोब्बरले वृद्धि भएको रिपोर्टले देखाएको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?