+
+

ऊर्जा र भौतिक पूर्वाधार मन्त्रालयका सचिवको सरुवा

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ४ गते १७:५६

४ माघ, काठमाडौं । सरकारले दुई मन्त्रालयका सचिवको सरुवा गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव केशव शर्मालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरेको छ ।

त्यस्तै भौतिक पूर्वाधार मन्त्रालयका सचिव गोपाल सिग्देलको ऊर्जा मन्त्रालयमा सरुवा भएको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

बुधबारकै मन्त्रिपरिषद बैठकमा सरकारको नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रम कार्यान्वयनको विषयमा पनि छलफल भएको छ ।

अर्थमन्त्री पौडेलका अनुसार न्यूनतम साझा कार्यक्रम ककार्यान्वयका लागि हरेक मन्त्रालयले ७ दिनभित्र आफ्नो कार्ययोजना मन्त्रिपरिषदमा पेश गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?