+
+

विराटनगरमा आगोले जलेर वृद्धाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ५ गते ९:३९

५ माघ, विराटनगर । विराटनगरमा आगोले जलेर एक जना वृद्धाको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका- १० लालिगुराँस चौककी ८० वर्षीया देवी यादवको मृत्यु भएको हो ।

आगो ताप्ने क्रममा उनी जलेकी थिइन् । आगोमा जलेर आज बिहान मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए ।

वृद्धा महिलाका दुई छोरा र बुहारी छिन् । घटनाको अनुसन्धान सुरु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी श्रेष्ठेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?