+
+

विदेशी प्रशिक्षक ल्याउने भए आवेदन दिन संघलाई राखेपको सूचना

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ५ गते १८:५९

५ माघ, काठमाडौं । आसन्न एसियाली खेलकुदका लागि राष्ट्रिय टिमको तयारी प्रभावकारी बनाउन विदेशी प्रशिक्षक आवश्यक पर्ने भए आवेदन दिन राखेपले खेल संघहरुलाई सूचना जारी गरेको छ ।

राखेपको तालिम तथा प्रशिक्षण विभागले दर्ता भएका राष्ट्रिय खेल संघका खेलाडीको प्रशिक्षणका लागि विदेशी प्रशिक्षक आवश्यक भएमा १५ दिनभित्र आवेदन पेश गर्न बिहीबार सूचना जारी गरेको हो ।

परिषदमा कार्यरत प्रशिक्षक नभएका खेलहरु, ओलम्पिकमा समावेश खेलहरु, एसियाली र दक्षिण एसियाली खेलकुद खेलकुद तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा नियमित सहभागिता गराउने खेलसंघलाई विदेशी प्रशिक्षकका लागि आवेदन दिन भनिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?