+
+

दीपा झाको एकल गीति संग्रह ‘झिलमिल सितारा’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ६ गते १२:०४

काठमाडौं । गायिका दीपा झाको एकल गीति संग्रह ‘झिलमिल सितारा’ सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा संगीतकार शम्भुजीत बास्कोटा, गीतकार एसपी कोइराला, संगीतकार आलोकश्री, म्युजिक नेपालका अध्यक्ष सन्तोष शर्मा र गायिका झाले संयुक्त रुपमा एल्बमको विमोचन गरे ।

एल्बममा समावेश आठवटै गीतमा आलोकश्रीले संगीत दिएका छन् भने एसपी कोइराला, मुकुन्दराज शर्मा ,आलोकश्री, तीर्थ श्रेष्ठ, नारायण खतिवडा, टेक तामाङ  र अनिता प्रधानको शब्द रचना रहेको छ । ‘झिलमिल सितारा’मा समावेशमध्ये दुई गीतका दीपाका श्रीमान् समेत रहेका गायिका उदितनारायण झा र एक गीतमा छोरा आदित्यनारायणको समेत स्वर छ ।

संगीतकार आलोकश्रीले अहिले भौतिक एल्बमको जमाना नभए पनि डिजिटल एल्बम ल्याइएको अनलाइनखबरलाई बताए । ‘पुरानो शैलीको जस्तो एल्बम होइन, जुक्सबक्सको रुपमा युट्युबलगायत डिजिटल प्लेटफर्ममा रिलिज गरेका हौं,’ उनले भने ।

कार्यक्रममा उक्त एल्बमको ‘हे माया’ गीतको भिडियो समेत प्रदर्शन गरिएको थियो ।

हाल मुम्बईमा स्थायी बसोबास गर्ने गायिका झाले गाएका थुप्रै नेपाली गीत चर्चित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?