+
+

यी गुण र दोषका कारण शाहरुख खानको ‘पठान’ हुन सक्छ सुपरहिट वा फ्लप

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ६ गते १७:१५

काठमाडौं । शाहरुख खानको फिल्म ‘पठान’ रिलिज हुन केही दिन मात्रै बाँकी छ । किङ खान चार वर्षपछि ठूलो पर्दामा फर्किने भएपछि फ्यानमा ठूलो क्रेज छ । निःसन्देह, फिल्म पठानका लागि निर्माता आदित्य चोपडादेखि लिएर शाहरुखसम्मले धेरै कुरालाई दाउमा राखेका छन् ।

लामो समयदेखि शाहरुखको फिल्म सुपरहिट हुन सकेको छैन । आदित्यको कम्पनीको यशराज फिल्म्सका चार फिल्म कोरोना महामारीपछि फ्लप भएका छन् जसमा ‘बन्टी और बबली २’, ‘जयेश भाइ जोरदार’, ‘सम्राट पृथ्वीराज’ र ‘शमशेरा’ छन् । तथ्यांकको कुरा गर्ने हो भने ‘बेसरम रंग’ गीत रिलिजको क्रममा पठानको क्रेज भने निकै बढेको थियो तर फिल्मको ट्रेलरलाई दर्शकले त्यति रुचाएनन् ।

‘पठान’ को टिजर ७ करोड पटक हेरिएको भए पनि यसको पहिलो गीत ‘बेसरम रंग’ २२ करोड पटक हेरिएको छ । ‘झुमे जो’ बोलको दोस्रो गीत १२ करोड ५० लाख पटक हेरिसकिएको छ । जबकि ट्रेलरलाई ५ करोड पटक मात्रै हेरिएको छ । फिल्म क्षेत्रका जानकारहरु पछिल्लो समय दर्शक धेरै नै समझदार भएको तर्क गर्छन् ।

अब सबै कुरा फिल्मको विषयवस्तुमा निर्भर हुनेछ । सफल भएमा पाँच दिनको सप्ताहन्तसम्म फिल्मले कमाइमा नयाँ रेकर्ड बनाउनेछ । तर चलेन भने पहिलो साताको अन्त्यसम्म मात्र यसको प्रदर्शन सीमित हुनेछ । पठानले ऋतिक रोशन र टाइगर श्राफ स्टारर फिल्म ‘वार’को कमाइसँग प्रतिस्पर्धा गर्नेछ, सन् २०१९ मा आएको आदित्य चोपडाको स्पाइ युनिभर्सको अघिल्लो फिल्मले पहिलो दिन ५३ करोड कमाएको थियो ।

पठान’ किन हिट हुन सक्छ ?

चार वर्षपछि ठूलो पर्दामा फर्किएका शाहरुख खानका फ्यानहरूले आफ्ना मनपर्ने स्टारका लागि टिकट बुकिङ गरिरहेका छन् । सन् २०१८ मा आएको फिल्म ‘जिरो’ फ्लप भएपछि किङ खानले फिल्मी संसारबाट ब्रेक लिएका थिए । यो वर्ष उनी तीन फिल्म ‘पठान’, ‘जवान’ र ‘डंकी’ मार्फत कमब्याक गर्दैछन् । शाहरुखका फिल्मले सुरुदेखि नै विदेशमा राम्रो व्यापार गर्दै आएका छन् । पठानले विदेशमा पनि अग्रिम बुकिङको नयाँ रेकर्ड बनाएको छ ।

सामाजिक सञ्जालको जमानामा युवायुवतीमाझ कुनै पनि फिल्मको पहुँच त्यसको युट्युब भ्युजबाट मापन गरिन्छ । यसै सन्दर्भमा शाहरुखको फिल्म ‘पठान’ को पहिलो रिलिज भएको गीत ‘बेसराम रंग’ ले निकै चर्चा पायो । यो गीतलाई लिएर निकै विवाद भए पनि यसै कारणले यो गीतले युट्युबमा २२ करोड भ्युजको नयाँ रेकर्ड बनाएको छ । जसकारण फिल्ममा रुचि नभएका मानिसलाई शाहरुखको फिल्म आउँदैछ भन्ने थाहा भयो ।

पठानको ‘बेसरम रंग’ गीतले पक्कै पनि निकै चर्चा पाएको छ । तर दीपिका पादुकोणको बोल्ड स्टाइलका कारण यो गीत परिवार वर्गका सबै दर्शकले रुचाएनन् । योसँगै फिल्म बहिष्कारको प्रवृत्तिका कारण पनि यसलाई केही नोक्सान हुने सम्भावना छ ।

शाहरुख आफूले यसअघि धेरै फिल्म रिलिज हुनुअघि मिडिया अन्तर्वार्ता वा पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तिका कारण विवादमा परेका छन् । जसका कारण किङ खानसँगै उनका फिल्मले पनि बक्स अफिसमा घाटा बेहोर्नु परेको थियो । हुनसक्छ यी विवादबाट बच्न यस पटक शाहरुखले आफ्नो फिल्म पठान रिलिज हुनुअघि कुनै पनि प्रकारको अन्तर्वार्ता वा पत्रकार सम्मेलन गरेका छैनन् ।

देशभक्तिपूर्ण फिल्मले सधैं हिन्दी बक्स अफिसमा राम्रो व्यापार गरेका छन् । फिल्म पठानमा शाहरुख भारतीय गुप्तचर जासूसको भूमिकामा छन् । विशेष कुरा के छ भने यो फिल्म आदित्य चोपडाको स्पाई युनिभर्सको हिस्सा हो । यस अन्तर्गत उनले आफ्ना अघिल्ला फिल्म ‘टाइगर’ र ‘वार’का नायक सलमान खान र ऋतिक रोशनलाई आफ्नो आगामी फिल्ममा आफ्नो अन्डरकभर स्पाइजमा ल्याउनेछन् । पठानमा पनि सलमान टाइगरको भूमिकामा देखिने चर्चा छ ।

फिल्म ‘पठान’को गीत ‘बेसरम रंग’मा अभिनेत्री दीपिका पादुकोण ।

हिन्दीसँगै तमिल र तेलुगूमा पनि रिलिज हुन लागेको पठानलाई दक्षिण भारतमा पनि शाहरुख खानका फ्यानसम्म पुर्‍याउन निर्माताले पूर्ण तयारी गरेका छन् । फिल्मको तेलुगू ट्रेलर तेलुगू सुपरस्टार रामचरणले रिलिज गरेका छन् भने तमिल सुपरस्टार थलापति विजयले यसको ट्रेलर सार्वजनिक गरेका छन् । यस फिल्मलाई एसएस राजामौलीले पनि सपोर्ट गरिरहेका छन् । यसबाहेक शाहरुखले तेलुगू टीभी च्यानलमा पनि आफ्नो फिल्मको प्रवर्द्धन गरेका छन् ।

फ्लप हुने जोखिम कति छ ?

शाहरुख खान बलिउडका सुपरस्टार हुन् । तर उनले बक्स अफिसमा आफ्नो क्षमता प्रमाणित गर्न नसकेको भने लामो समय भइसकेको छ । उनको पछिल्लो २०० करोड कमाउने फिल्म ‘ह्याप्पी न्यु इयर’ आजभन्दा करिब ९ वर्षअघि सन् २०१४ मा रिलिज भएको थियो । त्यसपछि आएका उनका फिल्म दिलवाले, फ्यान र रईसले बक्स अफिसमा खासै व्यापार गर्न सकेनन् । अर्कोतर्फ, जब ह्यारी मेट सेजल र जिरो पनि १०० करोड क्लबमा प्रवेश गर्न सकेनन् ।

फिल्म पठानको ट्रेलर युट्युबमा हालसम्म पाँच करोड पटक हेरिएको छ । यसपछि रिलिज भएको कार्तिक आर्यनको फिल्म शहजादाको ट्रेलर अहिलेसम्म साढे ६ करोड पटक हेरिसकिएको छ । जबकि त्यो फिल्म अल्लु अर्जुनको तेलुगू फिल्मको रिमेक हो । पठानको ट्रेलरमा भारी भीएफएक्सको प्रयोगका कारण धेरैले सामाजिक सञ्जालमा यसको आलोचना गरेका छन् । फिल्मको ट्रेलरलाई दर्शकले अपेक्षा गरेजस्तो रुचाएनन् भन्ने मानिएको छ ।

पठानको ‘बेसरम रंग’ गीतले पक्कै पनि निकै चर्चा पाएको छ । तर दीपिका पादुकोणको बोल्ड स्टाइलका कारण यो गीत परिवार वर्गका सबै दर्शकले रुचाएनन् । योसँगै फिल्म बहिष्कारको प्रवृत्तिका कारण पनि यसलाई केही नोक्सान हुने सम्भावना छ । यसअघि पनि शाहरुखका यसअघिका धेरै फिल्म विभिन्न संस्थाको बहिष्कारका कारण बक्स अफिसमा असफल भएका थिए ।

दशकौंदेखि बक्स अफिसमा राज गर्दै आएका शाहरुखलाई रोमान्सका राजा मानिन्छ । तर फिल्म पठानमा उनी एक्सन अवतारमा कमब्याक गर्दैछन् । आज पनि रोमान्सको मामिलामा शाहरुखको कुनै मिल्दोजुल्दो अरु कोही नहुने फिल्मी जगतका जानकार बताउँछन् । तर यदि उनी ठूलो पर्दामा एक्सन गर्दै देखिए भने उनको तुलना बलिउडका युवा स्टारका साथै साउथ सिनेमाका सुपरस्टारसँग पक्कै हुनेछ । यसरी प्रतिस्पर्धा कडा छ ।

पठानको बजेट करिब २५० करोड भारु रहेको बताइएको छ । बक्स अफिसमा हिट हुन ३०० करोडभन्दा बढी कमाउनुपर्नेछ । गत वर्ष कोरोनापछि बलिउडका सबै ठूला स्टारका फिल्मले खास केही गर्न सकेनन् । अब शाहरुखले सुपरस्टारको हैसियत कायम राख्न कम्तीमा गत वर्षको रणवीर कपुरको फिल्म ‘ब्रह्मास्त्र’को पहिलो दिन ३६ करोडभन्दा बढी कमाउनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?