+
+

प्रदेश १ का मन्त्रीहरुले पाए मन्त्रालय, जीवनलाई पर्यटन, भक्तिलाई उद्योग

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ६ गते १९:४५
जीवन आचार्य

६ माघ, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीहरुको जिम्मेवारी तोकेका छन् ।

शुक्रबार मन्त्रिपरिषद्को बैठकले ४ वटा मन्त्रालय खारेज गरेर ९ वटा कायम गर्नासाथ कार्कीले मन्त्रीहरुलाई जिम्मेवारी दिएका हुन् ।

तिलकुमार मेन्याङ्बो लिम्बुले खानेपानी, सिंचाइ तथा उर्जा मन्त्रालय र बुद्धीकुमार राजभण्डारीले सामाजिक विकास मन्त्रालय पाएका छन् । दुर्गाप्रसाद चापागाईँले सडक पूर्वाधार तथा शहरी विकास र जीवन आचार्यले पर्यटन, वन तथा वातावरण मन्त्रालय पाएका छन् ।

राप्रपाका भक्ति सिटौलाले उद्योग, कृषि तथा सहकारी र जनता समाजवादी पार्टी जसपाकी निर्मला लिम्बुले स्वास्थ्य मन्त्रालय पाएकी छन् ।

आन्तरिक मामिला तथा कानुन र आर्थिक मामिला तथा योजना मन्त्रालय भने मुख्यमन्त्री कार्कीले आफैंसँग राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?