+
+

सभामुख कसैको यस म्यान बन्नुहुने छैन, यही शुभेच्छा छ : मेटमणि चौधरी

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ७ गते १४:४५

७ माघ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले सभामुख देवराज घिमिरेलाई बधाई दिएका छन् ।

शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने, ‘…कसैको यस म्यान बन्नुहुने छैन भन्ने शुभेच्छा व्यक्त गर्न चाहन्छु ।’

चौधरीले पार्टीका तर्फबाट उपसभामुखमा कांग्रेसकी मुक्ताकुमारी यादवलाई समर्थन गरे । समर्थकको रुपमा बोल्दै उनले भने, ‘मुक्ताकुमारी यादव उपसभामुखको हकदार हो ।’

प्रतिनिधिसभामा शनिबार उपसभामुखको निर्वाचन हुँदैछ । उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की इन्दिरा राना मगर र कांग्रेसकी मुक्ताकुमारी यादव उम्मेदवार छन् । इन्दिरालाई सत्तारुढ दलको समर्थन छ । मुक्ताकुमारीलाई सरकारमा नरहेका दलको समर्थन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?