+
+

नवनिर्वाचित उपसभामुखको वाचा : संविधानले दिएको भूमिका तटस्थ रुपमा निभाउँछु

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ७ गते १८:४८

७ माघ, काठमाडौं । नवनिर्वाचित उपसभामुख इन्दिरा राना मगरले संविधानले व्यवस्था गरेको भूमिकालाई इमान्दारिताका साथ निभाउने बताएकी छन् ।

शनिबार प्रतिनिधिसभामा भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कि सांसद राना मगर १६६ मतका साथ उपसभामुखमा निर्वाचित भएकी हुन् ।

उपसभामुख निर्वाचित भएपछि सञ्चारकर्मीहरुलाई छोटो प्रतिक्रिया दिँदै इन्दिराले सभामुखसँग मिलेर काम गर्ने र संविधानले दिएको भूमिका तटस्थ रुपमा निभाउने बताइन् ।

पार्टीमा आफूलाई सबैले आमा भन्ने गरेको भन्दै उनले भनिन्, ‘आजबाट ठूलो परिवारमा भित्रिएको छु । तटस्थ र इमादारिताका साथ भूमिका निभाउँछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?