+
+

सिंजाको नराकोट स्वास्थ्य चौकीमा प्रयोगशाला र अट्रासाउण्ड सेवा सरु

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ८ गते १२:५०

८ माघ, सिंजा। सिंजाको नराकोट स्वास्थ्य चौकीले प्रयोगशाला र अट्रासाउण्ड सेवा सरु गरेको छ ।

सिंजा क्षेत्रमा पहिलो पटक स्थानीय सरकारको सहयोगमा स्वास्थ्य चौकीले प्रयोगशाला तथा अल्ट्रा साउण्ड सेवा सुरु गरेको सिंजा गाउँपालिकाका स्वास्थ्य संयोजक ललित रोकायाले जानकारी दिए ।

उनले भने, ‘गाउँपालिकाको सहयोगले एक महिना अघिबाट प्रयोगशाला शुरु गरि सेवा दिइरहेका छौ’, उनले भने, ‘सामान्य रगतको परीक्षण गर्न पनि सदरमुकाम जाने वाध्यता रहेको थियो, अव त्यसको अन्त्य भएको छ ।’

उनका अनुसार सिंजा गाउँपालिकाको सहयोगमा प्रयोगशालाका सामानहरु र जनशक्ति थपिएपछि प्रयोगशाला सेवा सुचारु गरिएको छ । अहिले नराकोट स्वास्थ्यचौकीबाट करिब एक, डेड सय सेवाग्राहीहरुले सेवा लिइसकेका छन् ।

गाउँपालिकाको रु चार लाख सहयोगमा प्रयोगशालाका सामग्री खरिद गर्ने गरिएको छ । यसैगरी गाउँपालिकाले एक जना ल्याव असिष्टेन्ट र एक प्राविधिक जनशक्ति समेत व्यवस्थापन गरिदिएको छ । प्रयोगशाला स्थापना पछि एनसि प्याकेज, रगत परीक्षण, एचआईभी परीक्षण, क्षयरोग परीक्षण सहित विभिन्न सेवाहरु सेवाग्राहीले पाइरहेका छन् ।

यसैगरी स्वास्थ्यचौकीले अल्ट्रासाउण्ड सेवा पनि सुचारु गरेको छ । गाउँपालिकाको सहयोगमा सामग्री खरिद गरि सो सेवा सुचारु नराकोट स्वास्थ्यचौकीमा सुरु गरिएको सिनियर अहेव लंकराज धितालले जानकारी दिए। उनका अनुसार विशेषगरी गर्भवति अवस्थामा बच्चाको अवस्था कस्तो छ भन्ने जाँच यस सेवाले सहज भएकामा जोड दिए ।

गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले सामान्य प्रयोगशालामा परीक्षण हुने विषय अव स्वास्थ्यचौकीमा हुने आशा गरिएको बताए । उनले सिंजा क्षेत्रकै मुटुमा रहेको नराकोट स्वास्थ्य चौकीले कार्यक्रम माग गरेपछि निति तथा कार्यक्रममा समेटिए अनुसार प्रयोगशाला र अल्ट्रा साउण्ड सेवा सुरू भएको बताए ।

स्वास्थ्य चौकीले सामग्री र जनशक्ति व्यवस्थापन पछि गाउँपालिका अध्यक्ष धिताल र उपाध्यक्ष सितली रोकायाबाट सेवा उद्घाटन गरिएको छ ।

पछिल्लो समय स्वास्थ्य सस्था सुधारका काममा प्रथामिकता दिइएको छ । स्वास्थ्य संयोजक रोकायाले अव स्वास्थ्यचौकीलाई भवन अभाव भईरहेकोले स्थानीय सरकारले माथिल्लो क्षेत्रमा पहल गरिएको बताईएको छ ।

यसैगरी स्वास्थ्यचौकीमा खोपकेन्द्र पनि प्रभावकारी रुपमा सञ्चालन भइरहेको छ । सहायक कोल्डचेनको रुपमा स्थापित खोपकेन्द्र भएकाले खोप सुरक्षित रुपमा राख्न तथा कहिले काँही जिल्लाबाट खोप नपुग्दा पनि काम चलाउने हुने भएको स्वास्थ्य चौकीले बताएको छ ।

अस्पतालमा अल्ट्रासाउण्ड सेवा शुरु भएपनि सेवा ग्राही पनि खुशी भएका छन् । गर्भवती पवित्रा अधिकारीले आफुले गाउँकै स्वास्थ्यचौकीमा सेवा पाएकोमा खुशी व्यक्त गरे । उहाँ जस्तै सेवाग्राहीहरु जाँच गरेर अहिले स्वास्थ्यकर्मीलाई धन्यवाद दिएर घर फर्किन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?