+
+

माछापुच्छ्रे बैंकको एक्सटेन्सन काउन्टर कर्मचारी सञ्चय कोष भवनमा

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ९ गते १७:५८

काठमाडौं । माछापुच्छ्र बैंक लिमिटेडले सेवाग्राहीहरुको सुविधालाई मध्यनजर गर्दै ललितपुरको लगनखेलस्थित कर्मचारी सञ्चय कोष भवनमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

बैंकले सोमबार औपचारिक कार्यक्रमको आयोजना गरी सो ठाउँमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । कर्मचारी सञ्चय कोषका सह–प्रशासक जीवनकुमार कटवालले उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालालगायतको उपस्थिति रहेको थियो । योसँगै देशभर ११ वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?