+
+

बालेन साह र सन्दुक रूइतबीच भेट

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ९ गते १७:२९

९ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह (बालेन्द्र ) र वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रूइतबीच भेट भएको छ ।

सोनाम ल्होछारको दिन रूइतलाई भेट्न बालेन उनकै कार्यकक्ष पुगेका थिए । भेटमा महानगरको विभिन्न विषयमा छलफल भएको छ ।

बालेनलाई डा. रूइतले तिलगंगा आँखा अस्पताललाई अझै विस्तार गर्ने क्रममा रहेको भन्दै चासो दिएर महानगरको तर्फबाट सेयर हाल्न प्रस्ताव गरेका थिए । जवाफमा बालेनले सेयर हालेपछि महानगरबासीले अस्पतालमा केही सूविधा पाउनुपर्ने बताएका थिए । हेटौंडा सामुदायिक अस्पतालको उदाहरण दिँदै मेयर साहले काठमाडौंमा यस्तै गर्न सकिने बताएका थिए ।

महानगरको वडा वडामा स्वास्थ्य अवस्थाबारे रूइतले चासो देखाएका थिए । उनले स्वास्थ्यकर्मीहरुलाई तलब मात्रै नभइ कामको आधारमा मूल्यांकन गर्नुपर्ने बताएका थिए ।

मेयर बालेन प्रति भइरहेको टिप्पणीका विषयमा भने रूइतले अनावश्यक कुराको ‘रेसपोन्स’ नगरेपनि हुने बताएका थिए । बालेनले काठमाडौंको जनताले पार्किङ कहाँ गर्नुपर्ने, गाडी कहाँ रोक्नुपर्ने भनेर भर्खरै थाहा पाउन थालेको बताएका थिए ।

फोटो : रिथेम अनलाइन टिभी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?