+
+

आर्मी क्लबमा ‘प्रेमगीत ३’को विशेष प्रदर्शन, प्रधानसेनापतिले भने- फिल्म क्षेत्रलाई सघाउन सेना तत्पर छ

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ९ गते १८:४४

काठमाडौं । केही दिनअघि त्रिभुवन आर्मी क्लबमा फिल्म ‘प्रेमगीत ३’ विशेष प्रदर्शन गरिएको छ । प्रधानसेनापति प्रभुराम शर्माकी पत्नीसहित सेनाका केही प्रतिनिधिले फिल्म हेरेका थिए । उक्त स्क्रिनिङमा अभिनेता प्रदीप खड्का, अभिनेत्री क्रिस्टिना गुरुङ, निर्देशक सन्तोष सेन, संगीतकार एलिश कार्की लगायत उपस्थित थिए ।

उक्त अवसरमा प्रधानसेनापति शर्मा र अभिनेता खड्काबीच भलाकुसारी समेत भएको थियो । भेटमा प्रधानसेनापति शर्माले प्रेमगीत ३ ले अन्तर्राष्ट्रिय रुपमा प्राप्त गरेको चर्चाप्रति बधाई दिंदै ‘लार्जर स्केल’मा छायांकन गर्नुपर्ने फिल्ममा सघाउन आफूहरु तयार रहेको आश्वासन दिएको प्रदीपले बताए ।

म्यानपावर, उपकरण र कठिन ठाउँमा छायांकन गर्नुपर्दा उद्धार गर्नुपर्ने स्थितिमा सघाउन सेनाको तर्फबाट आश्वासन आफूले पाएको अभिनेता खड्काले बताए ।

उपयुक्त समय मिलाएर आफूले प्रेमगीत ३ हेर्ने वचन दिएको सेनापति शर्माले दिएको समेत खड्काले बताए । फिल्मको विशेष प्रदर्शनमा सेनापति शर्मासहित एजी जनरल सागर थापा समेत उपस्थित थिए । फिल्म हेरेपछि आफूहरुले राम्रो प्रतिक्रिया प्राप्त गरेको एलिशले बताए । दशैं छेकोमा रिलिज भएको यो फिल्म संसारभर एकैसाथ रिलिज भएको थियो ।

कामको कुरा गर्दा अभिनेता खड्काले आशुसेन फिल्म्स र दिनेश राउतको फिल्म गर्ने पक्का भइसकेको छ । आगामी वैशाखमा एक अर्को फिल्म गर्ने उनको तयारी छ । शीर्षक तय भइनसकेको उक्त फिल्मको तयारीका लागि उनी केही दिनमा मुम्बई जाने तयारी छ । क्रिस्टिनालाई पनि कम्तीमा पाँच फिल्मको प्रस्ताव आए पनि कुन गर्ने निधो भइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?