+
+

ब्रिटिस प्रोफेसनल कलेजकी रिया सर्वोत्कृष्टको सूचीमा

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १० गते १७:१०

काठमाडौं । द ब्रिटिस कलेज अन्तर्गतको ब्रिटिस प्रोफेसनल कलेज (बीपीसी) मा अध्ययनरत रिया मानन्धर ‘फाइनालसियल म्यानेजमेन्ट’ विषयको परीक्षाको नतिजामा सर्वोत्कृष्ट विद्यार्थीको सूचीमा पर्न सफल भएकी छन् । उनले उक्त विषयमा ९८ प्रतिशत अंक प्राप्त गरी विश्वकै दोस्रो सर्वोत्कृष्ट छात्रा बन्न सफल भएको कलेजले जनाएको छ ।

कलेजका अनुसार कलेजको एसोसियसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स (एसीसीए) कार्यक्रममा अध्ययनरत रियाले हालै प्रकाशित परीक्षाको नतिजा अनुसार उक्त अंक ल्याएकी हुन् ।

२० वर्षीय मानन्धरले गत वर्ष मार्चमा भएको एसीसीए अन्तर्गतको पर्फमेन्स म्यानेजमेन्ट परीक्षामा ९१ प्रतिशत प्राप्त गरी विश्वकै सर्वोत्कृष्ट बनेकी थिइन् । त्यस्तै सन् २०२१ मा ट्याक्सेसन पेपरमा ९८ प्रतिशत ल्याउँदै उनले विश्व टप गरेकी थिइन् । यस वर्ष पनि उनले ‘फाइनालसियल म्यानेजमेन्ट’ विषयमा ९८ प्रतिशत ल्याउँदै वर्ल्ड टप गर्न सफल भएको कलेजले जनाएको छ ।

एसीसीए कार्यक्रम विश्वको सबैभन्दा ठूलो र छिटो बढिरहेको अन्तर्राष्ट्रिय लेखा निकाय हो । यसका विश्वका १७९ देशमा ५ लाख ३५ हजार विद्यार्थी र २ लाख ३३ हजार सदस्यहरु रहेका छन् । कलेजका अनुसार विश्वभरका हजारौं विद्यार्थीहरुका लागि बनाइएको प्रश्नपत्रहरूमा सबैभन्दा उत्तम नतिजा रियाले प्राप्त गरेकी हुन् ।

‘मुख्यतया विश्वस्तरीय सुविधा र कलेजका शिक्षकहरूको प्रतिष्ठाको कारणले गर्दा म एसीसीए पढ्नको लागि बीपीसीमा भर्ना भएँ,’ रियाले भनिन्, ‘विद्यार्थीहरुले बीपीसीको तर्फबाट सबै प्रकारको सहयोग पाउँछन्र मैले पनि परीक्षाको तयारीको लागि शिक्षकहरुबाट राम्रो साथ र सहयोग पाएँ ।’

आफ्नो छात्राले पुनः राम्रो नतिजा ल्याएकोमा कलेजका एसीसीए प्रोग्राम म्यानेजर दिपेन्द्र के. श्रेष्ठले खुसी व्यक्त गरेका छन् । कलेजमा अध्ययनरत रिया तेस्रो पटक सर्वोत्कृष्ट नजिता ल्याउन सफल भएकोमा श्रेष्ठले भने, ‘नेपालमा ब्रिटिस कलेजको एसीसीए कार्यक्रमको प्रतिष्ठा उत्कृष्ट छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?