+
+

संसदमा बोल्नका लागि दिने समयमा पुनर्विचार गर्नुपर्छ : सीके राउत

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १० गते १७:०५

१० माघ, काठमाडौ् । जनमत पार्टीका अध्यक्ष डाक्टर चन्द्रकान्त (सीके) राउतले ठूला दलका नेताहरु संसदमा राजाजस्तै आउने र जाने गरेको टिप्पणी गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा नवनिर्वाचित सभामुख र उपसभामुखलाई बधाई तथा शुभकामना दिँदै उनले ठूला दलका नेताहरुको संसदमा राजा जस्तै गरेर आउने कुराले संसदको गरिमा बचाउने अवस्था नरहेको भन्दै चिन्ता समेत व्यक्त गरे ।

उनले भने, ‘ठूला पार्टीहरुलाई राजा जस्तै आउने, राजाजस्तै जाने नै हो भने चाँही यो संसदको गरिमा त्यतिसाह्रो रहन्छ जस्तो चाँही हामीलाई लागेको छैन । यहाँलाई लोकतान्त्रिक शासन व्यवस्थाको अभ्यास होला ।’

अध्यक्ष राउतले सांसदहरुलाई बोल्नका लागि दिने समयमा पुनर्विचार गर्न पनि सभामुख देवराज घिमिरेको गम्भिर ध्यानाकर्षण गराए । उनले संविधानको भावना अनुसार संसदको नियमावलीमा संशोधन गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए ।

उनले भने, ‘संसदमा सांसदहरुलाई बोल्नका लागि समय दिने विषयमा पुनर्विचार गनु पर्दछ भन्ने हामीलाई लाग्दछ । त्यसै संसद संचालन नियमावलीमा मन्त्रीहरुको उपस्थिति हुनुपर्ने देखिन्छ। तर सानासाना पार्टीहरुलाई मात्रै लाग्ने हो कि सबै पार्टीहरुलाई लाई लाग्ने हो ? ‘

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?