+
+

काठमाडौं महानगरले सुरू गर्‍यो डिजिटल प्रणालीबाट राजस्व संकलन 

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १० गते १८:२३

१० माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले डिजिटल प्रणालीमार्फत राजस्व संकलन गर्न सुरु गरेको छ । मंगलबार वडा नम्बर ५ बाट डिजिटल प्रणालीमार्फत राजस्व असुल्न सुरु भएको मेयर बालेन्द्र साह(बालेन)को सचिवालयले जनाएको छ ।

‘मंगलबारदेखि हामीले वडाबाट नै डिजिटल प्रणालीमार्फत राजस्व असुल्ने कामको सुरुवात गरेका छौं, ३२ वटै वडामा यो प्रणाली लागु गर्ने तयारी भइरहेको छ’  मेयरका प्रमुख स्वकीय सचिव भुपदेव शाहले भने ।

शाहका अनुसार ५ नम्बर वडा कार्यालयमा पहिलो दिनमै १० जनाले डिजिटल प्रणालीबाट राजस्व तिरेका छन् । सम्पत्ति कर, नाता प्रमाणित, बहाल कर, व्यावसायिक लगायतका कर डिजिटल प्रणाली मार्फत असुलिएको उनले बताए । वडा कार्यालयका अनुसार डिजिटल प्रणालीबाट पहिलो दिन करिब ८४ हजार राजस्व संकलन भएको छ ।

महानगरले चालु आर्थिक वर्षको नीति कार्यक्रममा राजस्व प्रशासनलाई न्यायोचित, पारदर्शी र वैज्ञानिक बनाउने भन्दै करदाताको छुट्टै विद्युतीय लगत बनाउने र कर संकलन अनलाइन प्रणालीलाई सुधार गर्दै जाने घोषणा गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?