+
+

शपथ लिन जाँदाजाँदै फेरियो मन्त्रालय, रोशनलाई रोकेर आर्थिक मामिलामा आइन् सीता

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १० गते १८:५८
सीता सुन्दास र रोशन गाहा

१० माघ, काठमाडौं । गण्डकी प्रदेश सरकारका दुई मन्त्रीको मन्त्रालय अन्तिम समयमा हेरफेर भएको छ । मुख्यमन्त्री खगराज अधिकारीले एमालेबाट रोशन गाहामगर र वेदबहादुर गुरुङ तथा माओवादी केन्द्रबाट रेशम जुग्गालीलाई मन्त्री नियुक्त गरेका थिए ।

यसअघि नियुक्त भएका माओवादीका हरिबहादुर चुमान, एमालेकी सीता सुन्दास र राप्रपाका पञ्चराम तमुले पनि मन्त्रालय पाएका थिएनन् ।

मंगलबार सत्तारुढ दलहरुबीच भागवण्डा टुंगियो । एमालेको भागमा परेको मन्त्रालयमध्ये आर्थिक मामिलामा रोशन, आन्तरिक मामिला तथा कानुनमा सीता र कृषि तथा जलस्रोतमा वेदबहादुर जाने निर्णय भयो ।

त्यसअनुसार रोशन र देवबहादुर सपथको तयारीमा जुटे । शपथ लिन जाँदाजाँदै रोशनको मन्त्रालय फेरिएको छ । उनलाई दिन भनिएको आर्थिक मामिला मन्त्रालय सीतालाई दिइको छ भने उनलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय परेको छ । ‘अर्थमन्त्री भनेर नै सपथ लिन बोलाइएको थियो । यहाँ आएपछि बल्ल थाहा पाएँ मैले पनि,’ मन्त्री रोशनले अनलाइनखबरसँग भने, ‘पछि मिलाउने होला भन्ने विश्वास लिएको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?