+
+

गुणस्तरहीन मोबिल बेचेको आरोपमा २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १० गते २०:३८

१० माघ, वीरगञ्ज । गुणस्तरहीन मोबिल बेचेको आरोपमा वीरगञ्जबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका– ३ छपकैया बस्ने ३५ वर्षीय शेष आविद अली र वीरगञ्ज–१७ अलौं बस्ने २३ वर्षीय शेख कौशल पक्राउ परेका हुन् ।

उनीहरु दुवै वीरगञ्ज–३ छपकैया स्थित समसुन ट्रेडर्सका सञ्चालक हुन् । माघ ९ गते सोमबार समसुन ट्रेडर्समा छापमारी गरी प्रहरीले लेबल मेटेर बिक्रीको लागि लगिरहेको तथा भण्डारण गरी राखिएको मोबिल तथा अन्य सामाग्रीहरू बरामद गरेको थियो ।

ट्रेडर्सबाट विभिन्न नाम र तौलमा प्याकिङ गरेको मोबिल १ हजार ५० लिटर, एसएनटी प्रिमियम ब्रेक आयल २ सय एमएल लेखिएको, तौल उल्लेख नभएको ४५ वटा डिब्बा, ब्याट्री वाटर ५ लिटरको ग्यालेन २ थान, डिष्टिल्ड वाटर १ लिटरको १० थान, सेतो रंगको पदार्थ प्याकिङ गरि राखिएको १ लिटरको बोत्तल ५५ थान बरामद गरिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक डिल्लीराज सापकोटाले जानकारी दिए ।

उनीहरु विरुद्ध पर्सा जिल्ला अदालतबाट कालो बजारी कसूरमा ७ दिनको म्याद अनुुमति लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?