+
+

राष्ट्रिय सभा उपनिर्वाचनमा कांग्रेसबाट माधवप्रसाद आचार्य उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ११ गते ११:४२

११ माघ, दाङ । लुम्बिनीमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेपाली कांग्रेसबाट रोल्पाका माधवप्रसाद आचार्यले उम्मेदवारी दिने भएका छन् ।

आज बिहानमात्र कांग्रेसले आचार्यको नाम टुंगो लगाएको हो । उनी रोल्पाका पूर्व सभापति हुन् ।

उनले आज बुधबार प्रदेश निर्वाचन कार्यालय दाङमा पुगेर मनोनयन दर्ता गर्ने भएका छन् । नेपाली कांग्रेस दाङका सभापति शंकर डाँगीले आज दिउँसो १ देखि २ बजेभित्र मनोनयन दर्ता गर्ने तालिका रहेको बताए ।

यता  सत्तारूढ दलबाट एमालेका कुमार दसौदीले उम्मेदवारी दिने भएका छन् ।

राष्ट्रिय सभा सदस्यका लागि माघ २५ गते उपनिर्वाचन हुँदैछ।

नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको उक्त सिटमा उपनिर्वाचन हुन थालेको हो । उपनिर्वाचनका लागि माघको २५ गते घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान हुनेछ ।

राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने पाउने व्यवस्था छ । लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या ३०५ रहेको छ । जसमध्ये प्रदेश सांसदको संख्या ८७  र पालिका प्रमुख तथा उपप्रमुख मतदाताको संख्या २१८ जना रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

प्रदेशका १०९ पालिकामध्ये कांग्रेसले ४८ पालिकामा जितेको छ भने एमालेले २७, माओवादीले २५, जसपाले ३, जनमोर्चा र लोसपाले २र२ तथा राप्रपा र जनता प्रगतिशीलले १र१ स्थानमा जितेका छन् ।

त्यस्तै प्रदेशमा ८७ सदस्यीय प्रदेशसभामा एमालेले २९, कांग्रेसले २७, माओवादीले १०, राप्रपा र नागरिक उन्मुक्तिले ४/४, जसपा, लोसपा र जनमतले ३/३, जनमोर्चा र नेकपा एकीकृत समाजवादीले १/१ र स्वतन्त्रबाट २ जनाले जितेका छन् ।

माधव प्र आचार्य रोल्पाका पूर्व जिल्ला सभापति हुन् । दुई पटक जिल्ला सभापति बने । उनी २०६४ सालमा संविधान सभा सदस्यका उम्मेदवार बनेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?