+
+

बागमतीमा माओवादीले टुंग्यायो ३ मन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ११ गते १२:३३

११ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रले बागमती प्रदेशमा आफ्नो पार्टीबाट हुने मन्त्री बन्नेहरूको नाम टुंग्याएको छ ।

प्रदेश सरकारको समेत नेतृत्व गरिरहेको माओवादीले पठाउने तीन मन्त्रीमा गंगानारायण श्रेष्ठ, युवराज दुलाल र कुमारी मोक्तान रहेका एक सांसदले जानकारी दिए ।

श्रेष्ठले आन्तरिक मामिला मन्त्रालय, दुलालले भौतिक योजना तथा मोक्तानले सामाजिक विकास मन्त्रालय पाउने भएका छन् ।

सिन्धुपाल्चोकका दुलाल र मकवानपुरकी मोक्तान यसअघि समाजिक विकासमन्त्री भइसकेका छन् । सिन्धुलीका श्रेष्ठ भने पहिलोपटक मन्त्री बन्न लागेका हुन ।

२६ पुसमा मुख्यमन्त्री  नियुक्त भएका शालिकराम जम्कटेलले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। नयाँ मन्त्रीहरुको आजै शपथ हुने छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?