+
+

एकीकृत समाजवादीको अपानि : वडादेखि प्रदेश अधिवेशन गर्न निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ११ गते १५:५१

११ माघ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले अर्को वर्षको सुरुमै अधिवेशन गर्ने भएको छ ।

पार्टी महासचिव वेदुराम भुसालले अन्तर संगठन निर्देशन (असनि) जारी गर्दै १५ वैशाख २०८० भित्र वडा अधिवेशन गरिसक्न भनेका छन् ।

पालिका तथा विशेष इकाइहरुमा २०८० वैशाख मसान्तभित्र र जेठ मसान्तभित्र सबै जिल्लामा जिल्ला अधिवेशन गरिसक्न भनिएको छ ।

प्रदेश अधिवेशन भने २०८० कात्तिक मसान्तभित्र सबै प्रदेशमा गर्नुपर्ने अपानिमा निर्देशन दिइएको छ ।

जनवर्गीय, पेशागत र सामुदायिक संगठनका कमिटीहरूलाई सम्मेलन/अधिवेशन आयोजक कमिटीमा रूपान्तरण गर्न र अधिवेशन गर्न पनि भिनिएको छ ।

यसैबीच एकीकृत समाजवादीले विकसित राजनीतिक घटनाक्रमकबारे छलफल गर्न २१ र २२ माघमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?