+
+

निफ फिल्म फेस्टिभल चैत २ देखि क्यूएफएक्सका चार हलमा हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ११ गते १७:१९

काठमाडौं । छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आगामी चैत २ देखि ६ गतेसम्म काठमाडौंमा हुने भएको छ । बुधबार आयोजित घोषणा कार्यक्रममा महोत्सवमा प्रदर्शन हुने फिल्मको लाइनअप, जुरी लगायतबारे जानकारी गराइयो ।

महोत्सवमा ५५ देशका ५०० भन्दा बढी फिल्मको आवेदन प्राप्त भएको र तीमध्येबाट छानिएका ३५ देशका ९५ फिल्मले प्रतिस्पर्धा गर्ने भएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा फिल्म, डकुमेन्ट्री तथा एनिमेटेड फिल्मलाई सात विधामा १४ वटा पुरस्कार वितरण गरिनेछ ।

यस पटकबाट निफका प्रतिस्पर्धी फिल्मलाई क्यूएफएक्स अन्तर्गतका हलमा प्रदर्शन गरिने भएको छ । क्यूएफएक्सका छाया सेन्टर, सिभिल मल, ललितपुरको लबिम मल र भक्तपुरका हलमा प्रतिस्पर्धी फिल्मलाई प्रदर्शन गरिने भएको छ ।

घोषणा कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले संसारभरको संस्कृतिक आदानप्रदान गर्ने उद्देश्यले आयोजित महोत्सव निरन्तरताको कामना गरे । अभिनेता तथा निर्देशक नीर शाहले बर्सेनि ३६५ भन्दा बढी फिल्म प्रदर्शन हुने गरे पनि अति कम मात्र सम्झनयोग्य हुने बताए ।

‘यस वर्षदेखि निफले दुईवटा आधार स्तम्भलाई जोड्न सफल भएको छ । पहिलो, क्यूएफएक्ससँगको सम्झौता र दोस्रो माया एनिमेसन एकेडेमीसँगको मित्रता,’ शाहले भने, ‘यस्तो कार्यक्रमलाई सरकारले सहयोग गर्नुपर्छ । यसका लागि बोर्डले पहल गर्नुपर्छ ।’

चिनियाँ सांस्कृतिक केन्द्रका निर्देशक स्याओ च्याङले निफजस्ता फेस्टिभल गर्न कडा मेहनत जरुरी भएको बताए । अमेरिकाको न्यूयोर्क सहरका मेयरका सल्लाहकार नवराज केसीले नेपाली फिल्मसँग सहकार्य गर्न आफूहरु तयार रहेको बताए । नेपाली फिल्मको विकासमा निफको भूमिका महत्वपूर्ण रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?