
काठमाडौं । शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘केटी हराएको सूचना’को एड्भान्स टिकट विक्री खुला भएको छ । क्यूएफएक्सले ६० शो प्रदान गर्दै टिकट विक्री खुलाएको जनाएको छ ।
नाजिर हुसेन र सृष्टि श्रेष्ठ स्टारर फिल्मका लागि क्युएफएक्सले काठमाडौंमा २५ र बाहिर ३५ गरी ६० शो दिएको छ । जसअनुसार उपत्यकाअन्तर्गत भक्तपुरमा ४, छायाँ सेन्टरमा ४, सिटी स्क्वायर मलमा ४, सिभिल मलमा ४, दरबार सिनेप्लेक्समा २, लबिम मलमा ४ र राइजिङ मलमा ३ शो छन् ।
विराटनगरमा ३, भाटभटेनी बुटवलमा ४, नेपालगञ्जको बागेश्वरीमा ३, नारायणगढको सिजी मलमा ४, जलमामा ३, बिर्तामोडको वान स्टपमा ४, दमौलीमा ३, इटहरीको सिनेप्लेक्समा ४, वीरगञ्जको स्काइलाइन मलमा ३ र पोखराको ट्रेड मलमा ४ शो छन् ।
ट्राई सिटी पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्मलाई दीपेन्द्र गौचनले लेखन र निर्देशन गरेका हुन् । फिल्ममा सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ ।
नकिम उद्दिन कार्यकारी निर्माता रहेको फिल्ममा मनोहरदास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह–कार्यकारी निर्माताको रुपमा छन् ।
प्रतिक्रिया 4