+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

चोर समात्नेलाई १० हजार पुरस्कारको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ११ गते १८:०२

११ माघ, प्युठान । प्यूठानको गौमुखी गाउँपालिकाले चोर समात्नेलाई १० हजार रुपैयाँ पुरस्कारको घोषणा गरेको छ ।

प्यूठानका विभिन्न ठाउँमा पछिल्लो समय पेशेवर लुटेराकै शैलीमा चोरी र लुटपाटका घटना बढेको भन्दै गाउँपालिकाले एक सूचना निकालेर चोरीमा संलग्न व्यक्तिको पहिचान गर्ने वा पक्राउ गर्न सहयोग गर्ने व्यक्तिलाई १० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो ।

गाउँमा कुनै शंकास्पद व्यक्ति फेला परेमा प्रहरीलाई वा वडाध्यक्षहरुलाई खबर गर्न पनि गाउँपालिकाले आग्रह गरेको छ । गाउँपालिकाले घुमन्ते व्यापारीलाई अर्को सूचना नआएसम्मका लागि गाउँ प्रवेशमा रोक पनि लगाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत खुमबहादुर घर्तीले निकालेको सूचनामा भनिएको छ, ‘यस गाउँपालिका क्षेत्रमा आउने घुमन्ते व्यापारीहरुलाई गौमुखी गाउँपालिकाको अर्को सूचना प्रकाशन नहुञ्जेलम्मका लागि गाउँपालिकाको सीमा भित्र प्रवेश गर्न निषेध गरिएको व्यहोरा जानकारी गराइन्छ ।’

पछिल्लो दुई हप्तालाई हेर्ने हो भने प्यूठानमा चोरीका शृङ्खाबद्ध घटना भएका छन् । नगद र गरगहनासहित लाखौंको लुटपाट भएको छ । व्यक्तिका घरदेखि पसल, वडा कार्यालय, स्वास्थ्यचौकी र विद्यालयसम्म गरी दर्जनौं ठाउँमा चोरी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?