+
+

चीनमा कोरोना महामारीमा कति मानिसले ज्यान गुमाए ?

स्टफिन म्याकडोनल स्टफिन म्याकडोनल
२०७९ माघ ११ गते १९:२६
चीनमा काठबाट कफिन बनाउँदै

बीबीसी । चीनको उत्तरी क्षेत्रको सान्सी प्राप्तमा आजकल कफिन बनाउनेहरु निकै व्यस्त छन् । कालिगढहरु आला काठ काटिरहेका छन् । पछिल्लो केही महिनादेखि फुर्सद नपाएको उनीहरु बताउँछन् ।

चीनमा कोभिड–१९ महामारीका कारण मानिसहरुको ज्यान जाने क्रम रोकिएको छैन । यहाँ कोभिड–१९ महामारीका कारण ज्यान गुमाउनेको संख्या कति हो भन्ने प्रश्न पनि सँगसँगै छ ।

चीनले डिसेम्बरमा आफ्नो शून्य कोभिड नीति अन्त्य गर्दै प्रतिबन्धलाई निकै खुकुलो बनाएको थियो ।

त्यहाँका महामारी विशेषज्ञ वु जुनयुका अनुसार कोभिड–९ रोकथाम तथा नियन्त्रणका लागि लगाएका प्रतिबन्धहरु गत डिसेम्बरमा हटाएपछि एक अर्बभन्दा बढी जनसंख्या रहेको चीनका ८० प्रतिशत मानिस संक्रमित भएका छन् ।

पछिल्लो साता मात्र कोभिड–१९ का कारण १३ हजार जनाको मृत्यु भएको थियो । डिसेम्बरमा देशभरमा ६० हजार जनाले ज्यान गुमाएका थिए ।

तर यो संख्या अस्पतालमा मृत्यु भएकाहरुको मात्र हो । चीनका ग्रामीण भेगमा अस्पतालको कमी छ र त्यहाँ कोभिड–१९ महामारीका कारण कसैको मृत्यु भएमा सरकारी तथ्यांकमा गणना नहुन सक्छ । गाउँमा मृत्यु भएकाहरुको संख्या अनुमान गर्न सकिने पनि छैन ।

सिन्झाउ क्षेत्रको यात्राका क्रममा शोकमा रहेका तथा सेतो कपडा लगाएकाहरु कफिन बोकिरहेको देखिन्थे ।

एक गाउँमा एक पुरुष र महिला ट्रकमा टिस्यू पेपरबाट बनेको विशाल चरा राख्दै थिए । महिलाले भनिन् ‘यो सारस हो, त्यो संसार छाडेपछि सारसमा सवारी गर्नुपर्छ ।’ उनका अनुसार कफिनसँग राखिने सजावटका सामानको माग बढ्दो छ ।

सान्सीको यो इलाकामा अन्तिम संस्कारसँग जोडिएको कारोबारमा संलग्न जति मानिसलाई भेट्यौं, उनीहरु सबैले मृतकको संख्या धेरै भएको सुनाए ।

त्यो ट्रकलाई पछ्याउने क्रममा एउटा गाउँमा पुग्यौं, जहाँ स्थानीय वाङ पिवी भेटिए । उनको भाउजुको हालै मृत्यु भएको छ । दुई सन्तानकी आमा रहेकी उनकी ५० वर्षीया भाउजुलाई मधुमेहको समस्या थियो । उनलाई कोभिड–१९ पनि संक्रमण भयो ।

उनको घरमा शव यात्राका क्रममा प्रयोग हुने सरसामान थिए । पिवीले सुनाए अनुसार १६ जनाले कफिन लिएर जाने छन् र अन्तिम संस्कार गर्नेछन् । उनले भने, ‘कोभिड संक्रमणका कारण धेरै मानिसको मृत्यु हुँदा अन्तिम संस्कारमा लाग्ने खर्च बढेको छ ।’

गाउँमा फैलिँदो संक्रमण

हरेक वर्ष चिनियाँ नयाँ वर्षमा लाखौं युवा आफ्नो गृह शहर फर्किन्छन् । परिवार र साथीभाइसँग भेट्ने समय हो यो । तर गाउँमा धेरै ज्येष्ठ नागरिक बस्छन्, जो कोरोना महामारीको जोखिममा हुन्छन् ।

चीनलाई अब डर छ कि युवाहरु नयाँ वर्ष मनाउन घर फर्किँदा गाउँगाउँमा संक्रमण फैलिने त होइन ? त्यसैले सरकारी अधिकारीहरुले परिवारका सदस्यहरुलाई कोरोना संक्रमण भएको छैन भने घर नजान आग्रह गरिरहेका छन् ।

गाउँमा क्लिनिक चलाइरहेका डा. गोङ योङमिङ आफ्नो गाउँका करिव ८० प्रतिशत मानिसलाई कोभिड संक्रमण भइसकेको अनुमान गर्छन् । भन्छन्, ‘हामीकहाँ जो बिरामी आए, उनीहरु पहिल्यै बिमार थिए । जसको मृत्यु भयो, उनीहरुमा पनि पहिला नै कुनै न कुनै रोग थियो ।’

यो इलाकामा जजसको मृत्यु भयो, उनीहरुको अन्तिम संस्कार खेतको बीचमा गरिएको छ ।

यात्राका क्रममा कोरोनाबाट मृत्यु भएका मानिसहरुको अन्त्येष्टि गरिएको ठाउँमा माटो थुपारेको देखियो । छेउमा रातो झण्डा गाडिएको छ । नजिकै बाख्रा चराइरहेका एक किसानले बताए अनुसार यी चिहानहरु नयाँ हुन् । केही हजार मानिस बस्ने यो क्षेत्रमा कोरोना महामारीका कारण ४० जनाभन्दा बढीको मृत्यु भएको उनले सुनाए ।

भन्छन्, हरेक दिन कोही न कोही मरिरहेका छन् । पछिल्ला महिनादेखि मृत्युको सिलसिला रोकिएको छैन ।’

तर यो ग्रामीण इलाकामा मानिसहरु भन्छन् कि उनीहरु पहिला जस्तै नयाँ वर्ष मनाउने छन् । उनी भन्छन्, ‘मेरो छोरा र बुहारी छिट्टै आउँदैछन् । यसरी मानिसहरु शहरबाट गाउँमा आउँदा संक्रमण फैलिने चिन्ता हुन्न भन्ने प्रश्नमा उनले भने, ‘डराउन आवश्यक छैन । हामीमध्ये धेरै संक्रमित भइसके र हामी ठीक छौं ।’

उनी र अरु थुप्रैले कोरोना महामारीको सबभन्दा खतरनाक चरण पार भइसक्यो र यो जीवित मानिसहरुसँग बिताउने समय हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?