+
+

विराटनगरका व्यवसायी मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ११ गते २२:३२

११ माघ, विराटनगर । विराटनगरका इलेक्ट्रिक व्यवसायी मोहनप्रसाद न्यौपाने मृत भेटिएका छन् । बुधबार विराटनगर महानगरपालिका– ३ स्थित आफ्नै घरमा मृत भेटिएका हुन् ।

न्यौपाने विराटनगरको शनि मन्दिर रोडमा शिखर इलेक्ट्रिक पसल सञ्चालन गर्दै आएका थिए । न्यौपाने इलेक्ट्रिक संघ मोरङका पूर्व अध्यक्ष हुन् । बुधबार उनलाई आफन्तले बाथरुममा झुण्डिएको अवस्थामा मृत फेला पारेका हुन् । व्यवसाय गर्दा लागेको ऋणका कारण आत्महत्या गरेको पारिवारिक स्रोतले बताएको छ ।

मृत भेटिएका न्यौपानेको सुसाइट नोट पनि फेला परेको छ । तीन पन्ने सुसाइट नोटमा उनले बैंकको एक करोड ४५ लाख रुपैयाँ ऋण लिएको उल्लेख गरेका छन्, जसको मासिक पाँच लाख किस्ता तिर्नुपर्नेछ ।

बुबा–आमा, श्रीमती र आफन्तलाई सम्बोधन गरेर लेखिएको सुसाइट नोटमा आफू बाच्न लायक नभएको उल्लेख गरेका छन् ।

तीन दशकदेखि इलेक्ट्रिक व्यवसायी गर्दै आइरहेका न्यैपानेको पछिल्लो समय व्यवसाय सहज रुपमा सञ्चालन भएको थिएन। व्यवसाय राम्रो नभएको र ऋणको भार बढ्दै गएका कारण उनले आत्महत्या गरेको हुनसक्ने प्रहरी स्रातले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले व्यवसायी न्यौपाने आत्महत्या प्रकरणको अनुसन्धान भइरहेको बताए । सुसाइट नोटका विषयमा पनि अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?