+
+

३ हजार कर्मचारी कटौती गर्ने एसएपीको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १२ गते २२:४१

काठमाडौं । जर्मन टेक कम्पनी एसएपी (साप)ले यो वर्ष तीन हजार कर्मचारी कटौती गर्ने भएको छ । यो संख्या उसको कुल कर्मचारीको २.५ प्रतिशत हो ।
यसअघि गुगल, माइक्रोसफ्ट र अमेजन जस्ता टेक कम्पनीले पनि कर्मचारी कटौती गर्ने निर्णय गरेका छन् ।

सापमा विश्वभरबाट गरी करिब १२ हजार कर्मचारी छन् । उनीहरुमध्ये झण्डै ३ हजारको जागिर जानेछ । हेडक्वार्टरमा पनि २०० भन्दा बढी कर्मचारी कटौती हुनेछ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार यो कम्पनीले २०२३ मा आफ्नो लागत कम गर्न चाहेको छ ।

रोजगारी कटौतीले २०२३ को पहिलो त्रैमासिकमा कम्पनीलाई २५० देखि ३०० मिलियन युरो घाटा हुनेछ ।

कम्पनीका चिफ फाइनान्सियल अफिसर लुका म्युसिक भन्छन्, यो पुनर्संरचनाले २०२४ बाट बार्षिक ३०० देखि ३५० मिलियन युरो बचत हुने अनुमान छ ।’ यसले रणनीतिक विकासमा लगानी बढाउन मदत गर्ने कम्पनीको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?