+
+

२२ माघदेखि बीपीडब्लु लघुवित्तले आईपीओ निष्कासन गर्दै, क-कसले दिन पाउँछन् आवेदन ?    

रासस रासस
२०७९ माघ १३ गते १३:२५

१३ माघ, काठमाडौं । बीपीडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले २२ माघदेखि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीका लागि साधारण सेयर बिक्री गर्ने भएको हो । उक्त कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका नौ हजार सात सय कित्ता साधारण सेयर प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने सार्वजनिक आह्वानपत्रमा उल्लेख छ ।

निष्कासित सेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आगामी ८ फागुनसम्म अधिकतम एक हजार कित्तासम्म सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ भने कम्पनीलाई इक्रा नेपालले ‘इक्राएन्पी आईआर बिबी माइनस’ प्रमाणपत्र प्रदान गरेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सी आस्वा’ प्रणालीअनुसार तथा अनलाइनमार्फत ‘मेरो शेयर’ प्रयोग गरेर शेयर खरिदको आवेदन दिन सक्नेछन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?