+
+

सर्वोच्च परिसरमा सुरक्षा व्‍यवस्था कडा

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १३ गते १६:४५
सर्वोच्च अदालत परिसरमा शुक्रबार खटिएका सुरक्षाकर्मी। तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

१३ माघ, काठमाडौं। सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमा आजै फैसला सुनाउने तयारी गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको हो ।

संवैधानिक इजलासका पाँचै जना न्यायाधीशहरु खाजापछि छलफलमा जुटेका छन् ।

गत बुधबारदेखि सुरु भएको अन्तिम सुनुवाइ त्यो दिन नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको हो र आज सुनुवाइ पूरा भएको छ । सर्वोच्च अदालतमा गत बुधबार नै सबै लिखित जवाफ, बहसनोट र लामिछानेको नागरिकता छानबिनका कागजात पेश भइसकेको छ ।

हेर्नुहोस् तस्वीरहरु :

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?