+
+

मुख्य न्यायाधिवक्ता नियुक्तिमा उच्च अदालतले माग्यो प्रदेश १ सरकारसँग लिखित जवाफ

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १५ गते १८:४१

१५ माघ, विराटनगर । उच्च अदालत विराटनगरले प्रदेश १ सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ । प्रदेश नम्बर १  का मुख्यन्यायाधिवक्ता परिवर्तन राईले आफ्नो राजीनामा नआई अर्का व्यक्तिलाई मुख्यन्यायाधिवक्ता नियुक्त गरेपछि नियुक्ति बदरको मागसहित उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए ।

राईले दायर गरेको रिटमा न्यायाधीश मिलनकुमार राईको इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।  अदालतले अन्तरिम आदेश छलफलका लागि भन्दै माघ २३ गते दुवै पक्षलाई अदालत बोलाएको छ ।  अदालतले  अन्तरिम आदेशका लागि माघ २३ गते दुवै  पक्षलाई छलफलमा बोलाएको अदालतका सूचना अधिकारी  ओम सुवेदीले जानकारी दिए ।

गत असोज ९ गते तत्कालिन मुख्यमन्त्री  राजेन्द्र राईले  परिवर्तन राईलाई मुख्यन्यायधिवक्ता नियुक्त गरेका थिए । हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त भएपछि माघ १० गते पदमुक्त गर्दै गजेन्द्र आचार्यलाई मुख्यन्यायाधिवक्ता नियुक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?