+
+
कविता :

मदिरा

नवराज पराजुली नवराज पराजुली
२०७९ माघ १६ गते १२:४७

न स्वर्गको आश, न पृथ्वीको कुनै, पदले मातूँ म

मद्दत गरूँ म दत्तचित्त भई, मद्दतले  मातूँ म

बेहोस हुन किन मात्नु ? के मात्नु बेहोसीमा

हरदिन हरदम  होसको हदले मातूँ म

मातेर म झुक्दा पनि यहाँ, उठोस् कसैको शिर

नमात्नु मातिसकेपछि इज्जतले मातूँ म

मन्दिर हुँ म दिइरहुँ, म दिइरा बेला मदिरा हुँ

दिनुको, सिद्दिनुको, मदले मातूँ म

म कमजोरलाई नजितूँ, मेरो कमजोरीलाइ जितूँ

हरेक हारमा हरि पाउने हर्कतले मातूँ म

जोसँग बोल्दा मन खुसी होस्, नबोल्दा मौन खुसी

त्यस्तो संगीसँगको संगतले मातूँ म ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?