+
+

विराटनगरमा पार्किङ निषेध गरेको विरोधमा बजार बन्द

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १६ गते १६:०९

१६ माघ, विराटनगर । विराटनगर महानगरपालिकाले बजार क्षेत्रको सडकमा पार्किङ गर्न रोक लगाएपछि व्यापारीले बजार बन्द गराएका छन् ।  मेयर नागेश कोइरालाको निर्णयको विरोध गर्दै व्यापारीले मुख्य बजार बन्द गराएका हुन् ।

सोमबार पसल बन्द गराएर आन्दोलनमा उत्रिएको खुद्रा व्यापार संघ मोरङका अध्यक्ष सञ्जय मण्डलले  बताए । महानगरपालिकाले विकल्प नदिई पार्किङ हटाएको उनले बताए ।

महानगरपालिकाले  बजार क्षेत्रमा रहेका खाली जग्गामा पार्किङ बनाउने अभियान सञ्चालन गरिररहेको छ । मुख्य बजार क्षेत्रमा विकल्प नदिई पार्किङ निषेध गरेपछि आन्दोलनमा उत्रिनु परेको उनले बताए  ।

महानगरपालिकाका प्रमुख नागेश कोइरालालाई भेटेर विकल्प दिएर मात्रै पार्किङ हटाउन व्यापारीले माग गरेका थिए  ।  मेयर नागेश कोइरालाले भने दुई महिनाको समय मागेका छन् ।

महानगरपालिकाले शनिमन्दिर–जलजलाचोक, शनिमन्दिरदेखि महावीर रोडसम्मको क्षेत्रलाई पनि पार्किङ निषेधित घोषणा गरेको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?