+
+

भारतसँग सम्बन्ध सुमधुर छ, चीनसँग सुधार्न लागेका छौं : अमेरिकी उपविदेशमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १६ गते १७:२४

१६ माघ, काठमाडौं । अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले भारतसँग अमेरिकाको सम्बन्ध सुमधुर रहेको र चीनसँग सम्बन्ध सुधारका लागि प्रयास जारी राखेको बताएकी छन् ।

दुई दिने नेपाल भ्रमणमा रहेकी उपविदेशमन्त्री नुल्यान्डले सोमबार ललितपुरस्थित पाटन दरबार स्क्वायरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपति जो बाइडेन प्रशासनले चीनसँगको सम्बन्ध सुधारका लागि प्रयत्न गरिरहेको बताएकी हुन् ।

‘नेपालका दुईवटै ठूला छिमेकीसँगको असल सम्बन्ध अमेरिकाको चाहना हो । यसमध्ये भारतसँग हाम्रो सम्बन्ध सुमधुर नै छ । चीनसँगको सम्बन्ध सुधारका लागि पनि राष्ट्रपति बाइडेन प्रशासन लागि नै रहेको छ,’ पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उनले भनिन् । उनले दुई ठूला छिमेकी मुलुकसँगको भूराजनीतिभन्दा पनि नेपालले आफ्नो हितका विषयमा सार्वभौम भएर निर्णय गरोस् भन्ने अमेरिकाको चाहना रहेको बताइन् ।

गत मंसिरमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएपछि पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनेपछि नेपाल भ्रमण गर्ने उनी पहिलो उच्च अमेरिकी अधिकारी हुन् ।

दक्षिण एसियाली मुलुकहरूको भ्रमणका लागि निस्केकी नुल्यान्डा दुई दिन नेपालमा बिताएर भारत, श्रीलंका र कतार हुँदै अमेरिका फर्किने कार्यक्रम रहेको अमेरिकी दूतावासले छ ।

नेपाल भ्रमणका क्रममा न्युल्यान्डले सोमबार उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेकी छन् । आइतबार पुगेकी न्युल्यान्डले सोमबार बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेकी थिइन् । त्यसलगत्तै धुम्बाराही पुगेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेकी नुल्यान्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेकी थिइन् ।

यससँगै उनले परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग पनि भेटवार्ता गरेकी छन् । राजनीतिक भेटघाट सकिएपछि उनले पाटन दरबार स्क्वायरको अवलोकन गरेकी थिइन् भने त्यसपश्चता पत्रकार सम्मेलन गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?