+
+

राष्ट्रिय बीमा संस्थान र कम्पनीलाई तीन महिनाभित्र लेखा परीक्षण गर्न अर्थमन्त्रीको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १६ गते १७:५४

१६ माघ, काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडलाई तीन महिनाभित्र लेखा परीक्षण सम्पन्न गर्न निर्देशन दिएका छन् । अर्थमन्त्रालयमा सोमबार बसेको बैठकमा अर्थमन्त्री पौडेलले लेखा परीक्षण हुन नसक्नु चिन्ताको विषय भएको भन्दै १६ वैशाख २०८० सम्म लेखा परीक्षण सम्पन्न गर्न निर्देशन दिएका हुन्।

राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७३/७४ देखि लेखा परीक्षण गरेका छैनन् । अर्थमन्त्री पौडेलले लेखा परीक्षण सम्पन्न नहुँदासम्म बोनस र लाभांश वितरणलाई अघि नबढाउन पनि निर्देशन दिएका छन् ।

बैठकमा राजस्व सचिव डा. रामप्रसाद घिमिरे, नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, राष्ट्रिय बीमा संस्थानका प्रमुख प्रशासक कविराज पाठक, राष्ट्रिय बिमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शेखर बराल उपस्थित थिए ।

बीमा प्राधिकरणले आगामी चैत मसान्तभित्र जीवन बीमा कम्पनीलाई ५ अर्ब र निर्जीवन बीमा कम्पनीलाई साढे २ अर्ब चुक्ता पूँजी पुर्‍याउन निर्देशन दिएको छ ।

तर, हाल राष्ट्रिय बीमा संस्थानको चुक्ता पूँजी १८ करोड १० लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीको चुक्ता पूँजी २६ करोड ६६ लाख रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?