 
																			काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच भुक्तानीसम्बन्धी विषयमा सम्झौता भएको छ ।
सम्झौता पत्रमा स्वरोजगार लघुवित्तका प्रमुख कार्यकारी अधिकृत मनोजकृष्ण उप्रेती र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे ।
सम्झौता पश्चात स्वरोजगार लघुवित्तको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग जोडी नेशनल पेमेन्ट स्वीच (एनपीएस) अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
स्वरोजगार लघुवित्तले एनसीएचएल–आईपीएस र आरपीएस/कनेक्ट आईपीएस प्रणालीहरु मार्फत आफ्ना बचत निक्षेप, कर्जाको किस्ता संकलन लगायतका विभिन्न संकलनका कारोबारहरु तथा तलब, भेण्डर भुक्तानी, कर्जा निकासा, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषका भुक्तानी लगायतका भुक्तानी सम्बन्धी कारोबारहरु सञ्चालन गर्न सक्न कम्पनीले बताएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4