+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

नोटबन्दी गरी अनौपचारिक क्षेत्रको पैसा प्रणालीमा ल्याउन एकीकृत समाजवादीको माग

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १७ गते १३:२५

१७ माघ, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले देशको आर्थिक संकट समाधान गर्न भन्दै सरकारलाई २० बुँदे ज्ञापन पत्र बुझाएको छ । नेकपा एकीकृत समाजवादीले नोटबन्दी गरी अनौपचारीक क्षेत्रमा रहेको वा लुकाइएको पैसा अर्थतन्त्रको मुलधारमा ल्याउनुपर्ने सुझाब सरकारलाई दिएको छ ।

‘अनौपचारिक क्षेत्रमा रहेको वा लुकाइएको रकम अर्थतन्त्रको मूलधारमा ल्याउनका लागि नयाँ नोट जारी गरी पुराना नोट साट्न लगाउने कार्यक्रम तत्काल लागू गरियोस्’ नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रण्डलाई बुझाएको ज्ञापन पत्रमा भनिएको छ ।

गत ४ चैतमा भएको नागरिक लगानी कोष्को ३२औं वार्षिकोत्सव समारोहमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले पैसा कता हरायो भनेर खोजिरहेको र सिरानीमुनि रहेको पैसा बैंकिङ प्रणालीमा ल्याउन आफूले काम गर्ने बताएका थिए । अहिले नेकपा एकीकृत समाजवादीले नोटबन्दी गरेर अनौपचारीक क्षेत्रमा रहेको पैसा अर्थतन्त्रको प्रणालीमा ल्याउन सुझाव दिएको छ ।

यस्तै निक्षेपको ब्याजदर ४ प्रतिशत र कर्जाको ब्याजदर बढाीम ७ प्रतिशत कायम गर्नुपर्ने माग एकीकृत समाजवादीले राखेको छ । बैंक तथा वित्तीय संस्थाहरुको बचत तथा ऋण नीतिमा तत्काल सुधार गरी बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपमा बढीमा ४ प्रतिशत ब्याज दिन पाउने र ऋण प्रवाहमा बढीमा ७ प्रतिशत मात्रै ब्याज लिन पाउने व्यवस्था लागु गर्नुपर्ने माग नेकपा एसले गरेको छ ।

यस्तै सहकारी संस्थाहरुले निक्षेपमा बढीमा ८ प्रतिशत ब्याज दिन पाउने र कर्जा दिँदा बढीमा १२ प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने व्यवस्था गर्न एकिृकत समाजवादीले माग गरेको छ । व्यवसायीले कर तिर्ने तथा बैंकको किस्ता तिर्ने समय २०८० असार मसान्तसम्म थप गर्नुपर्ने माग पनि एकीकृत समाजवादीले गरेको छ ।

‘समस्याग्रस्त उद्योग तथा व्यवसायीले जरिमाना नतिरी कर तिर्ने सुविधा आगामी असार मसान्तसम्म प्रदान गरियोस् । भाखा नाघेका ऋणीहरुले लिएको ऋणको किस्ता र ब्याज तिर्ने अवधि अगामी असारसम्मलाई बढाइयोस्’ एकिकृत समाजवादीले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?