News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले नोटबन्दी गर्नेबारे नसोचेको स्पष्ट पारेका छन् ।
- रास्वपाको नागरिक, नीति र नेतृत्व संवादमा सहभागी नागरिकहरूले नोटबन्दी किन नगर्ने ? भनेर प्रश्न गरेका थिए ।
- उनले नोटबन्दी गरेका अन्य मुलुकमा पनि त्यसको सफलता राम्रो नदेखिएको बताएका छन् ।
५ भदौ, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले नोटबन्दी गर्नेबारे नसोचेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी कार्यालय वनस्थलीमा आयोजना गरेको नागरिक, नीति र नेतृत्व संवाद कार्यक्रममा उनले यस्तो स्पष्टीकरण दिएका हुन् ।
छलफलमा सहभागी नागरिकहरूले नोटबन्दी किन नगर्ने ? भनी प्रश्न गरेका थिए । त्यसमा उनले सरकारको धारणा स्पष्ट पारे । उनले भने, ‘नोटबन्दीका बारेमा यहाँहरूका रोचक प्रश्नहरू सुने, तर, अहिले हामीलाई यो उपयुक्त हुन्छ जस्तो लाग्दैन । नोटबन्दीबारे हामीले सोचेका छैनौँ,’ उनले भने ।
यो अभ्यास गरेका अन्य मुलुकहरूमा पनि नोटबन्दीको सफलता राम्रो नदेखिएको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4