+
+

जोखिमपूर्ण बाटोबाट अमेरिका जानेको कथामा बन्ने ‘क्यामिनो’को नायिकामा वर्षा सिवाकोटी

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १८ गते १३:१८

काठमाडौं । दक्षिण अमेरिकी मुलुक हुँदै जोखिम लिएर पैदलै अमेरिका प्रवेश गर्ने कथावस्तुमा बन्न लागेको फिल्म ‘क्यामिनो’को छायांकन नयाँवर्षदेखि सुरु हुँदैछ । फिल्ममा नायकको भूमिकामा प्रदीप खड्काले अभिनय गर्दैछन् । नायिकाको भूमिकामा भने वर्षा सिवाकोटीले अभिनय गर्ने भएकी छन् । अर्की नायिकाको खोजी भइरहेको छ । निर्देशक दीपक वलीले वर्षासँग फिल्मबारे मौखिक सहमति भएको बताए ।

‘लिखित सहमति हुन बाँकी छ,’ उनले भने । वर्षाले पनि निर्देशक वली र अन्य टिमसँगको तस्वीर सेयर गर्दै ‘भेटघाट’ क्याप्सन लेखेकी छन् ।

गत साता निर्माताले सार्वजनिक गरेको टिजर पोस्टरले फिल्मको कथावस्तुबारे धेरै खुलासा गर्छ । उक्त पोस्टरसँगै फिल्मसँग अभिनेता खड्काको संलग्नता खुलाइएको थियो । उक्त पोस्टरमा पानीजहाजमा कोचाकोच आप्रवासीहरुको दृश्य देख्न सकिन्छ । पछिल्लो समय अमेरिकाले दक्षिण अमेरिकी मुलुकका सीमा हुँदै अमेरिका प्रवेश गर्ने आप्रवासी संकटको सामना गरिरहेको छ जसमा नेपाली पनि संलग्न छन् । उक्त जोखिमपूर्ण बाटो हुँदै अमेरिकातर्फ लाग्दा धेरैले ज्यान गुमाएका छन् ।

एक्सिस नेपाल फिल्म्सले निर्माण गर्ने यो फिल्मलाई महेश दवाडीले लेखेका हुन् । नेपाली, अंग्रेजी, हिन्दी र स्पेनी भाषामा फिल्म बन्ने भएको छ । फिल्मको शीर्षक पनि स्पेनी भाषाबाट लिइएको छ जसको अर्थ बाटो भन्ने हुन्छ ।

‘प्रेमगीत ३’पछि अभिनेता खड्का यो प्रोजेक्टमा व्यस्त हुनेछन् । त्यसपछि उनी आशुसेन र दिनेश राउतका फिल्ममा हुनेछन् । यसअघि पनि खगेन्द्र लामिछाने र दीपेन्द्र खनालले पनि यस्तै कथावस्तुमा ‘हिंडेर अमेरिका’ शीर्षकमा फिल्म बनाउने घोषणा गरेका थिए । तर त्यो प्रोजेक्ट बन्न सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?