+
+

ललितपुरको हात्तीवनमा लक्ष्मी बैंकको नयाँ शाखा

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १८ गते १४:२७

काठमाडौं । लक्ष्मी बैंकले ललितपुर महानगरपालिका–२८ स्थित हात्तीवनमा नयाँ शाखा विस्तार गरेको छ । आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा १४४औं शाखाको रुपमा हात्तीवनमा नयाँ शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

यस शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य रहेको बैंकले जनाएको छ ।

यस नयाँ शाखाको सुरुवात सँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ५० जिल्लामा १४४ शाखा, १४ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७९ एटीएम, २ हजार ५०० भन्दा बढी रेमिट्यान्स एजेन्ट तथा ६९ शाखारहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?