+
+
Shares

बर्डफ्लू नियन्त्रणपछि जावलाखेल सदर चिडियाखाना आजदेखि पुनः खुला   

रासस रासस
२०८३ साउन १ गते १४:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बर्डफ्लू सङ्क्रमणका कारण बन्द रहेको ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आजदेखि सर्वसाधारणका लागि पुनः खुला गरिएको छ।
  • वातावरणीय नमुना परीक्षणमा बर्डफ्लू भाइरस नदेखिएपछि पशुसेवा विभागलगायत निकायको बैठकले चिडियाखाना सञ्चालन गर्ने निर्णय गरेको हो।
  • चिडियाखाना प्रशासनले आगन्तुकलाई बिहान १० देखि बेलुका ४ बजेसम्म प्रवेशको समय तोक्दै अनिवार्य मास्क प्रयोग गर्न आग्रह गरेको छ।

१ साउन, ललितपुर । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आजदेखि सर्वसाधारणका लागि पुनः खुला गरिएको छ ।
काग, गिद्ध, हाँसलगायत पक्षीमा बर्डफ्लू सङ्क्रमण पुष्टि भएपछि चिडियाखाना गत ५ असारदेखि बन्द गरिएको थियो ।

सङ्क्रमण नियन्त्रणका लागि बिरामी पन्छीहरूको उपचार, सरसफाइ तथा आवश्यक व्यवस्थापनका सम्पन्न भएपछि वातावरणीय नमुनाको परीक्षणमा एभियन इन्फ्लुएञ्जा (बर्डफ्लू) भाइरस नदेखिएकाले चिडियाखाना पुनः सञ्चालनमा ल्याइएको हो ।

चिडियाखाना प्रशासनका अनुसार बिहीबार पशुसेवा विभाग, केन्द्रीय पशु रोग अनुसन्धान प्रयोगशाला तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ अधिकारीहरूको बैठकले चिडियाखाना पुनःखोल्ने निर्णय गरेको हो ।

चिडियाखानाका प्रवक्ता तथा सूचना अधिकारी गणेश कोइरालाका अनुसार चिडियाखाना बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म प्रवेशका लागि खुला रहनेछ भने अवलोकनकर्ताले बेलुका ५ बजेभित्र बाहिरिनु पर्नेछ ।

सदर चिडियाखाना व्यवस्थापनले आगन्तुकलाई जनावर तथा पक्षीसँग सुरक्षित दुरी कायम गरी अवलोकन गर्न आग्रह गरेको छ । यसअघि सङ्क्रमित देखिएका खोरहरू रातो रिबनले घेरिएको जनाउँदै ती क्षेत्रमा अनावश्यक रूपमा नबस्न र दुरी कायम गर्न अनुरोध गरिएको छ ।

त्यसैगरी, आफूसँग ल्याएका खानेकुरा खुला स्थानमा नखान, प्रयोगपछि फोहर डस्टबिनमा व्यवस्थित रूपमा फाल्न तथा अनिवार्य रूपमा मास्क प्रयोग गर्न पनि सर्वसाधारणलाई अनुरोध गरिएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?