+
+

लागूऔषध कारोबार आरोपमा सहायक हवल्दार पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १८ गते १७:०९

१८ माघ, विराटनगर । लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका व्यक्तिले नाम लिएपछि नेपाल प्रहरीका सहायक हवल्दार पक्राउ परेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको टोलीले मंगलबार दिउँसो १२० मिलिग्राम खैरो हेरोइनसहित विराटनगर महानगरपालिका–१५ का २० वर्षीय नजाम खानलाई पक्राउ गरेको थियो । खानले नाम लिएपछि प्रहरीले सहायक हवल्दार ३१ वर्षीय अमरनाथ यादवलाई पक्राउ गरेको हो ।

भारतको जोगवनीबाट लागूऔषध ओसारपसार गर्न भरियाको प्रयोग गरेको आरोपमा विराटनगर महानगरपालिका–१४ मा बस्दै आएका सहायक हवल्दार यादव पक्राउ परेका हुन् ।

वडा प्रहरी कार्यालय विराटनगर दरबन्दी भएका यादव विराटनगरस्थित प्रदेश १ प्रहरी कार्यालयमा कार्यरत छन् । प्रहरी स्रोतका अनुसार अनुसन्धानका क्रममा खानले प्रहरी सहायक हवल्दार यादवले जोगवनीबाट लागूऔषध ल्याउन लगाएको बयान दिएका थिए । त्यसपछि उनी पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले ब्राउन सुगरसहित पक्राउ परेका व्यक्तिले नाम लिएपछि प्रहरी सहायक हवल्दार अमरनाथ यादवमाथि माथि अनुसन्धान भइरहेको बताए ।

‘लागूऔषसहित पक्राउ परेका व्यक्तीले नाम लिएपछि अनुसन्धान भइरहेको छ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?